सरकारले (ल्यान्ड मार्केट) जग्गा–जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजारकाे तयारी

१८ फागुन, काठमाडौं । सरकारले जग्गा–जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजार (ल्यान्ड मार्केट) सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सेयर कारोबार जस्तै जग्गा जमिन कारोबारका लागि सरकारले भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ । नेपाल स्टक एक्स्चेन्जमा सेयर कारोबार भए जस्तै ल्यान्ड मार्केटमा जमिनको कारोबार हुनेगरी ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृहकार्य अघि बढाइ सकेको छ ।

मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको प्रवक्ता जनकराज जोशीले बताए । प्राथमिक प्रतिवेदनले पनि देशमा एउटा भूमि बजारको आवश्यकता औँल्याएको जोशीले बताए । पूर्ण पाठको प्रतिवेदन भने १५ दिनभित्र दिने तयारी समितिको छ । 

किन चाहिन्छ ल्यान्ड मार्केट ?

अहिले कसैलाई जग्गा चहियो भने उसले सीधै जग्गाधनीसँगको पहुँच बनाउन मुस्किल छ । सो जग्गासम्म पुग्न दलालीको सहारा लिनुपर्छ ।  जग्गा धनीले पाउने मूल्य एउटा हुन्छ भने जग्गा किन्नेले तिर्ने मूल्य त्योभन्दा बढी हुन्छ । 

अर्कोतर्फ आफूले जग्गा बेच्दा न्यून मूल्यमा दिनुपर्ने हुन्छ भने त्यही जग्गा किन्दा उच्च मूल्य तिर्नुपर्छ । अनौपचारिक रूपमा दलालमार्फत रकमको हिनामिना हुने सम्भावना पनि हुन्छ । यी सबै समस्याको समाधानका लागि ल्यान्ड मार्केटको जरुरी छ ।

मन्त्रालयलका प्रवक्ता जोशीका अनुसार सरकारी मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून गर्छ । यदि मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा पनि ठगियो भने सरकारले आफूले लाइसेन्स दिएको संस्थालाई जिम्मेवार बनाउँछ ।

कसरी हुन्छ किनबेच ?

मन्त्रालयका अनुसार सरकारले जग्गा खरिद–बिक्री गर्न चाहनेलाई अनलाइनमार्फत खरिद– बिक्री गर्न सकिने व्यवस्था गर्छ  ।  यदि कसैलाई जग्गा बिक्री गर्नुपरेमा आफ्नो जग्गाको विस्तृत विवरण सो वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइटमार्फत खरिद गर्ने व्यवस्था मिलाउँछ । 

जोसीका अनुसार नेपाल स्टक एक्सचेन्जमा जसरी कम्पनीहरु सूचीकृत भएपछि सेयर कारोबार हुन्छ त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न चाहनेले सोही मार्केटमा किन्न सक्छ ।

मन्त्रालयले अहिले अनलाइनमार्फत कारोबार गर्न रेकर्ड राख्ने कर्यलाई बलियो बनाउने काम जारी राखेको छ । अहिले रेकर्ड डिजिटलाइज गरेर अनलाइनबाट सेवा प्रवाह गर्ने काम भइरहेको जोशीले बताए । ल्यान्ड मार्केटले खरिद बिक्रीमा सहजीकरणको भूमिका खेल्ने मन्त्रालयको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर कारोबार भए जस्तै ‘ल्यान्ड मार्केट’ मा जमिनको कारोबार हुने गरी व्यवस्था ल्याउन लागेको हो । यसको लागि मन्त्रालयले आन्तरिक रुपमा अध्ययन गरिरहेको प्रवक्ता जनकराज जोशीले बताए ।

उनले भने, ‘ल्यान्ड मार्केट’ का लागि हामीले आन्तरिकरुपमा अध्ययन गरेका छौं । अबको एक साता भित्रै प्रारम्भिक प्रतिवेदन आउनेछ ।’

उनले प्रारम्भिक प्रतिवेदन आएपछि सरोकावाला निकायसँग आवश्यक थप छलफल गर्ने बताए । प्रवक्ता जोशीले भने, ‘प्रारम्भिक प्रतिवेदन आएपछि सरोकारवाला निकायसँग छलफल अगाडि बढाएर पूर्णपाठको प्रतिवेदन ल्याउँछौं । यसका लागि करिब १ देखि डेढ महिना समय लाग्छ ।’

उनले पहिलो चरणमा भूमि खरिदबिक्रीलाई व्यवस्थित गर्नका लागि भूमि बजार आवश्यक रहेको औंल्याइएकाले त्यसतर्फ पनि अध्ययन गरिएको उनले जानकारी दिए । ‘जग्गा खरिद बिक्रीका लागि आधिकारिक संस्था खडा गरी सो मार्फत खरिदबिक्री हुने अवस्था सिर्जना गर्न ल्यान्ड मार्केटको अवधारण ल्याउन लागिएको हो’ प्रवक्ता जोशीले भने । 

तथापि, भूमि बजार सरकारी स्वामित्वको हुने वा निजी स्वमित्वको हुने भन्ने विषयमा मन्त्रालयलमा छलफल चलिरहेको उनको भनाई छ ।

जोशीका अनुसार सम्भवतः चालू आर्थिक वर्षभित्रै ल्यान्ड मार्केट कसरी सञ्चालन गर्ने, प्रक्रिया के हुने, पुँजी कति चाहिनेजस्ता विषयलाई स्पष्ट पार्न निर्देशिका तथा कार्यविधि बन्नेछ । मन्त्रालयले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘ल्यान्ड मार्केट’को अवधारणा अघि सारको थियो । भने, यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसले निरन्तरता पाएको थियो ।  

किन आयो ल्यान्ड मार्केटको अवधारणा ? 

घरजग्गा खरिद बिक्रीमा अनौपचारिक क्षेत्र हाबी भएपछि त्यसलाई औपचारिक क्षेत्रमा ल्याउन ल्यान्ड मार्केटको अवधारणा अघि सारिएको मन्त्रालयको भनाई छ । जोशीले भने, ‘किनबेच गर्ने निश्चत भएपछि पास गर्न मालपोतमा जाने भन्ने सबैलाई थाहा छ । तर, किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल छ ।’ दलालीमार्फत खरिद गर्दा ठगिने सम्भावना पनि उतिकै रहेको उनले बताए ।

त्यसैले अनुमति प्राप्त संस्था स्थापना गनुपर्छ भन्ने उद्देश्यका कारण ल्यान्ड मार्केटको अवधारणा आएको उनले बताए । त्यसो त विकसित मुलुकहरुमा पनि यस्ता अभ्यास प्रचलनमा रहेको पाइन्छ । अहिले हामीकहाँ जग्गा कारोबारका लागि अत्याधिक नाफा लिन खोज्ने दलालीको हाबी छ । जुन अनौपचारिक पनि हो ।

मन्त्रालयलका प्रवक्ता जोशीका अनुसार सरकारी मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून गर्छ । यदि मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा पनि ठगियो भने सरकारले आफूले लाइसेन्स दिएको संस्थालाई जिम्मेवार बनाउँछ । कारवाही गर्न सक्छ ।  

कसरी हुन्छ ल्यान्ड मार्केटमा जग्गाको किनबेच ? 

जोशीका अनुसार नेपाल स्टक एक्सचेन्जमा जसरी कम्पनीहरु सूचीकृत भएपछि सेयर कारोबार हुन्छ, त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न चाहनेले सोही मार्केटमा किन्न सक्छन् । यसको मूल्य बजारले निर्धारण गर्ने उनको भनाई छ ।

मन्त्रालयका अनुसार सरकारले जग्गा खरिदबिक्री गर्न चाहनेलाई अनलाइनमार्फत खरिदबिक्री गर्न सकिने व्यवस्था गर्छ । यदि कसैलाई जग्गा बिक्री गर्नुपरेमा आफ्नो जग्गाको विस्तृत विवरण सो वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइटमार्फत खरिद गर्ने व्यवस्था मिलाउने प्रवक्ता जोशीले बताए । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment