तमन्नासहित तीनलाई अदालतको पत्र

१२ फाल्गुन, मुम्बई (एजेन्सी) । क्षिण भारतीय फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई केरल हाई कोर्टले एक पत्र पठाएको छ । कोर्टले तमन्नासँगै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र दक्षिण भारतीय फिल्मका अभिनेता अजु वर्गीजलाई पनि पत्र पठाएको हो ।

यो पत्र अदालतले अनलाइन रमी गेम्समा कानूनी रोक लगाउने निवेदनमाथि सुनुवाई गरेपछि पठाएको हो । तमन्ना, विराट र अजु अनलाइन रमी गेम्सको ब्राण्ड एम्बासडर हुन् ।

यो विषयमा कोर्टले राज्य सरकारलाई पनि पत्र पठाएको छ । गत वर्ष अनलाइन गेम्स र एप्समा भएको सट्टाबाजीमा कैयौं व्यक्तिले पैसा हारेका थिए । जसकारण तीनजनाले आत्महत्या नै गरेका थिए । त्यसपछि केरल हाई कोर्टमा अनलाइन गेम्स र एप्सलाई प्रतिबन्धको माग गर्दै निवेदन दायर भएको थियो । कोर्टले बुधबार निवेदनमाथि सुनुवाई गर्दै तमन्ना, विराट र अजुलाई पत्र काट्ने आदेश दिएको थियो ।

तमिलनाडु सरकारले पनि अनलाइन गेम्स र एप्समा प्रतिबन्ध लगाइसकेको छ । यो गेम्समा रमी पनि छ । अदालतले जसले यो गेम र एप प्रयोग गरेको पाइएको छ, उसलाई ५ हजार जरिवाना र ६ महिनाको जेल सजायको आदेश दिएको छ । कोयम्बटूरमा पनि गत वर्ष नोभेम्बरमा तीन व्यक्तिले अनलाइन रमी गेम्समा घाटा भएपछि आत्महत्या गरेका थिए ।

अभिनेत्री तमन्ना दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले कैयौं ठूला स्टारसँग काम गरिसकेकी छन् । सन् २००५ मा फिल्म ‘चाँद सा रोशन चेहरा’बाट फिल्ममा पाइला चालेकी उनले ‘हिम्मतवाला’, ‘हमशक्ल’, ‘एन्टरटेनमेन्ट’ र ‘खामोशी’ सहित कैयौं बलिउड फिल्ममा अभिनय गरिसकेकी छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment