प्रतिनिधिसभा ब्युँताउने सर्वोच्चको फैसलापछि सेयर बजारमा कस्तो प्रभाव पर्ला ?

११ फाल्गुन, काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै आजको १३ दिनभित्रमा संसद् बैठक बोलाउने निर्देशन दिएको छ । सर्वोच्चको उक्त निर्णयसँगै राजनीतिक अन्योल पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

सर्वोच्चको निर्णयप्रति निजी क्षेत्रको ‘नो कमेन्ट’, भन्छन्- राजनीतिक घटनाक्रमले गरिखाने वातावरण बिग्रनु भएन । निजी क्षेत्रले संसद् पुन:स्थापनाको विषयमा केही नबोल्ने बताएको छ । राजनीतिक विषयप्रति आफूहरु बोल्ने ठाउँ नरहेको बताउँदै उनीहरुले लगानी तथा गरिखाने वातावरण कुनै तत्त्वले बिथोल्नु नहुने बताएका हुन्के । ओली सरकारको संसद् विघटनको निर्णय र उक्त निर्णयमा अदालतामा विचाराधीन मुद्दाबीच देखिएको राजनीतिक अन्योलको प्रभाव अति संवेदनशील बजारका रुपमा रहेको सेयर बजारमा पनि देखिएको थियो । सर्वोच्चको सम्भावित फैसला र त्यसपछि हुनसक्ने राजनीतिक घटनाक्रमका विषयमा पछिल्लो केही दिनयता चलेका विभिन्न हल्लाले सेयर बजार पनि प्रभावित भइरहेको थियाे ।

तर, सर्वोच्चले संसद् विघटनको निर्णय बदरसँगै अब सेयर बजार के हुन्छ भन्ने सर्वसाधारणमा कुतूहल देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजनीतिक विषयमा आफूहरुको कुनै टिप्पणी नगर्ने बताए । बाह्रखरीसँग उनले भने, “हाम्रो आवाज लगानीमैत्री वातावरण बन्नुपर्छ भन्ने पक्षमा हो । जस्तोसुकै राजनीतिक कारणले काम गर्ने र गरिखाने वातावरण नबिग्रोस् ।” उनका अनुसार निजी क्षेत्रले चाहेको पोलिटिकल डिस्टर्बेन्स नहोस् भन्ने नै हो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले पनि लगानीमैत्री वातावरण बन्नुपर्ने र त्यसमा राजनीतिक घटनाले प्रभाव पार्नु नहुने बताए । उनले भने, “यस विषयमा हाम्रो कुनै टिप्पणी छैन । बस्, अर्थतन्त्र चलायमान हुनुपर्छ । गरिखाने वातावरण बिथोलिनु हुन्न ।”

“राजनीतिक अन्योल अन्त्य भयो आमनागरिक र लगानीकर्ता लागि जुन सकारात्मक कुरा पनि हो,” उनले भने ।

आज मंगलबार पनि राजनीतिक गतिरोधको प्रभाव सेयर बजारमा देखिएको थियो । संक्रमणकालीन विभिन्न हल्ला चल्दा सेयर बजारमा सुरुवाति समयमा प्रभावित भयो भने अन्तिमा सम्हालिएको थियो ।

किन डराउनु हुँदैन? लगानीले तपाईको रिटायरमेन्टलाई सुरक्षित राख्न, तपाईको बचतको उच्चतम प्रयोग गर्न र तपाईको सम्पत्तीलाई चक्रिय ब्याजदरमा बृद्धि गर्न मद्दत गर्दछ। तर पनि अधिकांश मानिसहरु किन शेयर बजारमा लगानी गर्न चाहँदैनन्? यसको प्रमुख कारण विभिन्न समयमा भएको वित्तीय संकटका कारण आत्मविश्वासमा आएको कमी र विगतका वर्षहरुमा देखिएको उतारचढाव। यद्यपि, एक अध्ययन अनुसार लगानी नगरेकाहरुमध्ये ५५ प्रतिशतले आफुसँग पर्याप्त पैसा नभएका कारण लगानी नगरेको बताएका छन्।

सेयरबजारका लगानीकर्ता भने यही अन्योलबीच आएको सर्वोच्चको फैसललाले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल सेयर बजारको सबै सूचक सकारात्मक भएकाले राजनीतिक प्रभाव बजारमा खासै नपर्ने बताउँछन् । यद्यपि संसद नियमित हुनु सकारात्मक भएकाले सेयर बजारलाई सकारात्मक प्रभाव पर्ने पौडेल बताउँछन् ।

“सेयर बजारलाई राजनीतिक कुराले त्यति धेरै प्रभाव पार्दैन, बजारको आफ्नै नियम हुन्छ, आजै पनि बिहान एकछिन संक्रमणकालीन कुरा आउँदा बजारमा त्यसको असर देखियो भने बेलुका आफैं बजार सम्हालियो,” उनले भने, “सर्वोच्चको फैसला कहिले र के आउँछ भन्ने कुरा त लगानीकर्तालाई थाहा थिएन नि, त्यसैले पुँजीबजारसँग सरोकार राख्ने सबै कुरा सकारात्मक रहेको वर्तमान सन्दर्भमा राजनीतिक कुराले बजारलाई धेरै असर गर्छ जस्तो लाग्दैन ।”

अहिले चुनाव नचाहेको बेला थियो यस्तो अवस्थामा संसद् नियमित हुनु सकारात्मक भएकाले यसले समग्रमा बजारमा सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ । “के होला कसो होला भन्ने अवस्था थियो तर अब हामी संसद् विघटनको निर्णय अगाडिको विन्दुमा पुग्यौं,” उनले भने ।

सेयर लगानीकर्ताको संगठन नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले बजारलाई सकारात्मक प्रभाव पर्ने बताउँछन् । के हुन्छ कस्तो हुन्छ भन्ने अन्योल र विभिन्न हल्ला चलिरहेको अवस्थामा संसद् पुनर्बहाली हुन सेयर बजारका लागि धेरै नै सकारात्मक भएको रौनियार बताउँछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigitalkhabarMain HeadlinesPoliticsshare market
Comments (0)
Add Comment