सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका फाइनलमा प्रवेश

०६ फागुन, एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा जारी अस्ट्रेलियन ओपनको सेमीफाइनलबाट जापानी खेलाडी नाओमी ओसाका फाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओसाका उपाधि नजिक पुगेकी हुन् ।

तेस्रो वरीयताकी ओसाकाले दशौँ वरीयता प्राप्त सेरेनाविरुद्ध ६-३ र ६-४ को सेटमा जित निकालिएकी छिन् ।

अब ओसाकाले फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन् ।

ओसाका दोस्रो पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेकी छिन् ।

250 x 250 Sano_Pasal
यस अघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् ।

यता, सेरेनाको भने कीर्तिमानी २४ औं पटक ग्राण्डस्लाम जित्ने योजना पुन: असफल भएको छ ।

सेरेनाले हालसम्म २३ ग्राण्डस्लाम उपाधि जितिसकेकी छिन् ।

अब एक ग्राण्डस्लाम उपाधि जितेमा सेरेनाले मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्ने छिन् ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment