चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज भब्यताका साथ सम्पन्न

०४ वैशाख, काठमाडौं । चैत्र अष्टमी अर्थात् चैते दशैंका दिन मनाइने चामुण्डा रथ यात्रा आज मनाइयाे। मंगलवार गोकर्णेश्वर नगरवालिका वडा नं. ५, ६ र ८ बाट चामुण्डा देवी, रक्त विनायक तथा महाँकाल भैरवको रथ यात्रा गरिन्छ ।

आज ३ वटा रथ बोकेर गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५, ६ र ८ का विभिन्न मन्दिर, टोल तथा काठमाडौं महानगरपालिका वडा नं. ६ का केही स्थानमा समेत रथ परिक्रमा गराइयाे ।

बाजागाजा सहित शुरु हुने रथयात्रा चामुण्डा देवि मन्दिर बाट शुरु भई वडा नं. ८ स्थित महांकाल भैरव, आरुबारी, जोरपाटी, सिद्धेश्वर, अर्घौतेश्वर, नयाँवस्ती युवा क्लब, सर्वेश्वर, रुद्रेश्वर मन्दिर, बौद्ध पिपलबोट हुँदै पुन चामुण्डा मन्दिरमा पुगेर समापन गरियाे ।

२०४० साल देखि हरेक वर्ष चैत्र अष्टमीका दिन मनाइने रथयात्रा समारोहमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, उपमेयर सान्नानी लामा, संघीय सांसद, प्रदेश सांसद, जनप्रतिनिधि, विभिन्न संस्था गुठिका प्रतिनिधि लगायतको सहभागीता रहकाे छ ।

रथ यात्रा मध्यान्ह १२ः३० बाट शुरु भई बिभिन्न शहर टाेल काे परिक्रमा गरि हजाराै भक्तजनहरूकाे सहभागीता सहित भक्तजनहरुलाई विभिन्न मन्दिरमा प्रसाद वितरण समेत गरेर मनाईयाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment