नेपाल र अमेरिकाबीच बोर्डरलेस अर्थतन्त्रको लागि एक महत्वपूर्ण कोषेढुङ्गा

२७ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको छुनो र ठमेल रेमिट मार्फत् क्रस बोर्डर रिक्वेस्ट टू पे सेवाको थालनी गरेको छ ।

एनसीएएलद्वारा सञ्चालित मल्टी बैंकिङ्ग प्ल्याट्फर्म कनेक्टआइपिएसमा थप सेवाको रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो । यसबाट नेपालको ग्राहकहरुले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यतिm, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएको छ ।

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई छुनोसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ्ग नेटवर्कमा रहेका बैंकहरुबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र छुनो पहिलो संस्था बनेको छ । रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवा मार्फत् नेपालका लाभग्राहीहरूले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्टआइपिएस प्ल्याट्फर्म मार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । एनसीएचएलको एनपीआईमा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ्ग तथा वालेटमा समेत क्रमिक रुपमा विस्तार गरिनेछ ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका अनुसार, “आज, प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ । ह्ग्ल्इ सँगको यस साझेदारी पश्चात नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरुसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्राहीहरुलाई प्रत्यक्ष रूपमा सबलीकरण गर्नसकिनेछ ।”

छुनोको आरटूपीएक्स रकम पठाउने र प्राप्त गर्ने बैंकहरूबीच प्रत्यक्ष रियल–टाइम कनेक्सन स्थापना गरी लाभग्राहीहरूले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरू दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्छन् ।

छुनोका संस्थापक बालकृष्ण जोशीले भने, “हामी उत्कृष्ट श्रेणीको प्रविधि मार्फत् भुक्तानी तथा बैंकिङ्ग क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएलसँगको यस सहकार्यले हामीलाई थप उत्साहित बनाएको छ । यो सहकार्य मार्फत हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं । हामी डिजिटलाइजेसनलाई बढ्दो रूपमा आत्मसाथ गरिरहेका छौं, र त्यसका लागि हामीले वित्तीय तथा आर्थिक उन्नतिका सम्भावनाहरूलाई प्रत्सोहान गर्न आवश्यक छ । हामी एनसीएचएल टीमको दूरदर्शी नेतृत्वको लागि र क्रस बोर्डर भुक्तानीको क्षेत्रमा गर्दै आएको योगदानका लागि बधाई दिन चाहन्छौं ।”

क्रस बोर्डर रिक्वेस्ट टू पे ले के–कसरी सहयोग गर्छ ?

यसले ग्राहक पहिचान (केवाईसी), एन्टी–मनी लन्डरिङ्ग (एएमएल), लाभग्राहीको स्वीकृति र प्राप्त खाताहरूको अनुपालन र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्दछ । वित्तीय संस्थाहरू बीचको प्रत्यक्ष पहुँच कायम गरी मध्यस्तकर्ताको भूमिका कम गर्न र भुक्तानी रकम सिधै बैंक खाताबाट जम्मा हुने हुँदा लागत निकै कम हुने छ ।लाभग्राहीहरूले डिजिटल माध्यमबाट भुक्तानी अनुरोध गर्न र सिधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्ने हुँदा प्रक्रिया निकै सरल हुने छ।

हालका लागि ग्राहकले कनेक्टआईपिएसबाट भुक्तानी अनुरोध गर्ने व्यवस्था रहेकोमा एनपीआई मार्फत कुनै पनि वालेट र मोबाइल बैंकिङ्गले समेत उक्त आरटूपीएक्स जोड्न सक्नेछन् । भुक्तानीकर्ता र लाभग्राहीहरूले रियल टाइममा रिक्वेस्ट र भुक्तानीको स्थिति ट्रयाक गर्न सक्छन् ।
आरटूपीएक्सले युनिक प्राइमरी आइडेन्टीफायर (पीआईडी) वा भर्चुअल पेमेन्ट एड्रेस (भिपिए) प्रयोग गर्ने भएकोले रिक्वेस्ट पठाउने र पाउनेको सम्पूर्ण विवरण सिस्टममा उपलब्ध गर्न आवश्यक रहँदैन । साथै सम्पूर्ण जानकारीमा ईन्क्रिप्शन प्रविधिको प्रयोगले सम्पूर्ण भुक्तानी प्रक्रिया सुरक्षित र डाटाको गोपनीयताको ग्यारेन्टी गर्दछ ।

एनसीएचएल

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्व र मार्गदर्शनमा डिसेम्बर २००८ मा स्थापित पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, विकास बैंकहरू र फाइनान्स कम्पनीहरूको शेयर स्वामित्व रहेको छ । प्रविधिमा आधारित बैंकिङ सेवाहरूले बैंक र वित्तीय संस्थाहरूको दक्षता, र उत्पादकत्व सुधार गर्न र ग्राहकहरूलाई नवीन वित्तीय सुविधाहरू प्रदान गर्नको लागि एनसीएचएलले प्रमुख भूमिका खेल्दै आएको छ । नेपालभित्र भुक्तानीलाई डिजिटलाइजेसन गरी डिजिटल भुक्तानी प्रवद्र्धनका लागि विशेष रुपमा केन्द्रित हुँदै आएको एनसीएचएलले नेपालको भुक्तानी प्रणालीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न पहल थालेको छ ।

छुनोको बारेमा

क्रस बोर्डर कारोबारका अगुवा बालकृष्ण जोशीको नेतृत्वमा स्थापना भएको, छुनो पहिलो र एकमात्र समावेशी बहुपक्षीय फिनटेक प्लेटफर्म हो जसले विश्वलाई समतामूलक बोर्डरलेस अर्थतन्त्रतर्फ डो¥याउन प्रतिबद्ध छ ।उत्कृष्ट प्रविधि, लाभग्राही–मैत्री व्यवसायिक अवधारणा र इण्डस्ट्री स्ट्यान्डर्डराइजेसनलाई आत्मसाथ गर्दै ह्ग्ल्इ ले विद्यमान क्रस–बोर्डर भुक्तानी र बैंकिङ्ग सेवाहरु छिटो, पारदर्शीे र कम लागतमा प्रदान गर्न सक्षम रहने गरी कार्य गर्दै आएको छ । व्यक्ति, व्यवसाय, व्यापारी र वित्तीय संस्थाहरूलाई उत्कृष्ट विनिमय दरहरू, सुरक्षित बैंकिङ्ग र रियल टाइममा भुक्तानी सेवा उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कहरूमा पहुँच प्रदान गर्दै विकाशोन्मुख तथा विकसित बजारहरू बीच विद्यमान खाडल न्यूनीकरण गर्ने प्रमुख उद्देश्य छुनोको रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment