कुमारी बैंकले मनायो २३ औं वार्षिकोत्सव

२५ चैत, काठमाडाैं । कुमारी बैंकले विभिन्न कार्यक्रम गर्दै २३ औं वार्षिकोत्सव मनाएको छ । बैंकले रक्तदान, परम्परागत वेशभूषाको पहिरनलगायतका कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी, कुमारी बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्त्वलाई उजागर गर्न ‘परम्परागत वेशभूषा’का पहिरन लगाएर वार्षिकोत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मदत पुर्‍याएको बैंकको भनाइ छ ।

कुमारी बैंकले हाल देशभर रहेका ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूंलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment