ग्लोबल आईएमई बैंकले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने

२२ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने भएको छ ।

बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता गरेको हो ।

जीआईजेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ ।

ग्लोबल आईएमई बैंकले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको जनाएको छ ।

उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिएको बैंकले जनाएको छ ।

सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास लिएको जनाएको छ ।

ग्लोबल आईएमई बैंकले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment