आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

१७ चैत, बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान शुरू गरेको छ । यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा एआई लर्निङलाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ ।

विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन् ।

अभियानको उद्देश्य एआईमार्फत् शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबर्द्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरि एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ ।

एआईसम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङलगायत विभिन्न शहरका विद्यालयहरूमा नमूना कार्यक्रमका रूपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment