दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु

२७ वैशाख, किभ । युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको बताएको छ।

सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रूसी सेनाबाट निकोपोल नियमित रूपमा आक्रमणको शिकार भएको थियो।

रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान लिएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताए।

उनले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनहरूको फोटो प्रकाशित गरेका छन्। बिहीबार राति नै रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो।

एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपतकालीन सेवाले टेलिग्राममा लेखेको छ, तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment