संचारकर्मी रिजाल सक्रिय राजनीतिमा

१५ चैत, काठमाडौं । नेकपा(एमाले) बुढानीलकण्ठको २०८० चैत १६ र १७ गते हुने दोश्रो नगर अधिवेसनका लागि राष्ट्रिय जनपक्षीय चलचित्र कर्मी सङ्घ, नेपालका महासचिव, कलाकार तथा संचारकर्मी बसन्तराज रिजाल प्रतिनिधि छनोट भएका छन् ।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसनका लागि प्रतिनिधि छनौट सकिएको छ । चैत १६ र १७ गते हुने नगर अधिवेसनका लागि नगरका १३ वडा र जनसंगठनहरुले प्रतिनिधि छनौट गरेका छन। प्रतिनिधिको रूपमा संचारकर्मी बसन्त राज रिजाल पनि बुढानिलकण्ठ नगरको वडा नं १० बाट प्रतिनिधि छनोट भएका हुन् ।

बिगत दुई दशक देखी संचारकर्मीको रुपमा क्रियाशील संचारकर्मी बसन्त राज रिजाल पूर्णकालिन राजनीतिक यात्राको बाटो अंगालेको डिजिटल खबरलाई बताएका छन् ।

लामो समयसम्म पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदा आम नागरिकको पक्षमा आफ्ना आवाजहरु निरन्तर उठाएका उनले यतिबेला संचार क्षेत्रमा भएको आफ्नो यात्रालाई समेत निरंतरता दिदै राजनीतिक यात्राको परिस्थिति आएको र आफ्नो राजनीतिक यात्रा कस्तो हुने भन्ने खाका कोर्न आम नागरिकहरुबाट सल्लाह लिने समेत बताएका छन् ।

लामो समयदेखी कपन क्षेत्रको नेकपा एमालेको संगठन निर्माण र विस्तारमा सक्रिय रहेका रिजाल साविक कपन गाविस रहदादेखीानै बुढानिलकण्ठ नगरपालिका भित्र रहेका बिभिन्न युवा क्लव, उपभाेक्ता समिति, निर्माण समितीको नेतृत्व गरिरहेका उनले पाटीका बिभिन्न कार्यक्रमककाे जिम्मेवारी समेत बहन गरेका छन । रिजालले नेकपा एमालेका विभिन्न जन संगठनहरुमा रहेर समेत योगदान पुर्याएका छन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment