आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो विकेट पतन, २५ रन बनाएका कुशल भुर्तेल पनि भए आउट

१३ चैत, काठमाडौं । नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो मैत्रीपूर्ण टी–२० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। ११ रन बनाएका ओपनर आशिफ शेखलाई पहिलो विकेटका रुपमा गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको हो।

भुर्तेलले २५ रन बनाए। भुर्तेल र आशिफ दुवैको विकेट आयरल्यान्डका म्याथ्यू फोस्टरलले लिएका हुन्। दुवै ओपनर क्याचआउट भए। अहिले गुल्शन झा क्रिजमा आएका छन्।

टियु क्रिकेट मैदानमा टस जित्दै नेपालले पहिले ब्याटिङ रोजेको हो। नेपालले यतिबेला ५ ओभरमा दुई विकेट गुमाउँदै ४६ रन बनाएर खेलिरहेको छ।

सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको थियो।

सोमबारको खेलमा आयरल्यान्ड ‘ए’ले पहिले ब्याटिङ गर्दै १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepal
Comments (0)
Add Comment