महानगरपालिकाभित्र घर बनाउदा २० प्रतिशत क्षेत्रफलमा अनिवार्य पार्किङ बनाउनुपर्ने

१३ चैत, काठमाडौँ । काठमाडौैँ महानगरपालिकाभित्र घर बनाउदा २० प्रतिशत क्षेत्रफलमा अनिवार्य पार्किङ बनाउनुपर्ने भएको छ । महानगरपालिकाले आगामी १ वैशाख गतेदेखि चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा कसल क्षेत्रफलको २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम लागू गर्न लागेको हो ।  

महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । यसरी पार्किङको व्यवस्था गर्दा सडकको क्षेत्राधिकारमा नपर्ने गरी सेटब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ । संरक्षित स्मारक उपक्षेत्रमा भने यो मापदण्ड लागू हुने छैन ।  । पार्किङका लागि सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेड ब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ । व्यवसायिक प्रयोजनका लागि उपयोग गरिएका भवनहरुले पनि आफ्नो लागि पार्किङको व्यवस्था आफै गर्नुपर्नेछ । 

यसका साथै भवनको नक्सालाई दुई चरणमा स्वीकृत गरिने महानगरले जनाएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरले निर्णय गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment