दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

०९ चैत, नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन्। भारतीय प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले केजरीवाललाई बिहीबार राति पक्राउ गरेको हो।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली मुख्यमन्त्रीको घरमा पुगेको थियो। कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन्।’

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

यसअघि केजरीवाला सरकारमा शिक्षामन्त्री मनिष सिसोदियालाई पनि पक्राउ गरिएको थियो। आम आदमी पार्टीको रुपमा दिल्लीमा सरकार चलाइरहेका केजरीाललाई निर्वाचनको मुखमा पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिसोधको रुपमा लिइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment