गाजामा हमासका कमाण्डर मारिएको अमेरिकाको दाबी

६ चैत, काठमाडौं । इजरायलको हवाई हमलामा हमास लडाकुका तेस्रो वरियताका कमाण्डर मारिएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकाको राष्ट्रिय सरक्षा सल्लाहकार चेक सुलिभानले हमासका डेपुटी कमाण्डर मारवान इस्सा मारिएको जानकारी दिएका हुन् ।

गत हप्ता गाजामा इजरायल डिफेन्स फोर्स (आईडीएफ)को एयर स्ट्राइकमा इस्सा मारिएको अमेरिकाको भनाइ छ । केही शीर्ष नेताहरु सुरुङमा लुकेको हुनसक्ने भन्दै उनीहरुको पनि छिटै दिन आउने उनले बताए ।

सुलिभानले भनेका छन्, ‘इजरायलले ठूलो संख्यामा हमासको बटालियनलाई तोडेको छ । बरिष्ट कमाण्डरसहित हजारौं हमास लडाकुहरुको मृत्यु भएको छ । बाँकी शीर्ष नेता सुरुङ नेटवर्कमा लुकेका छन् । छिट्टै उनीहरुको पनि नम्बर आउँछ ।

गाजामा नियन्त्रण कायम राखेको हमासले आफ्ना शीर्ष कमाण्डर मारिएको विषयमा कुनै पनि प्रतिक्रिया दिने गरेको छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment