एनआरएनए उपमहासचिव प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित

५ चैत ,काठमाडौ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव एबम कतारका सफल ब्यावसायी प्रविन गुरुङ संयुक्त राष्ट्र संघमा सम्मानित भएका छन । शुक्रवार राष्ट्र संघ मुख्यालय न्यूयोर्कमा आयोजित एक समारोहमा गुरुङलाइ लैंगिक समानता र सामाजिक शसक्तिकरणमा उल्लेख्य योगदान दिएबापत सम्मान गरिएको हो ।
राष्ट्र संघको कमिसन अन द स्टाटस अफ वुमनको ६८औं सेसनमा उनलाई गैर आवासीय नेपाली संघमार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । ‘यो सम्मान समस्त गैर आवसीय नेपालीहरुको सम्मान हो’ गुरुङले भने । सम्मान पछि बोल्ने क्रममा गुरुङले आप्रवासी महिला कामदारहरुले भोग्नुपरेका समस्या र लैगींक असमानताको बारेमा चर्चा गरेका थिए । उनले एनआरएनएले युएनसङ्गको सहकार्यमा कोरोनाकालमा गरेका कामहरुको स्मरण गर्दै आगामी दिन थप सहकार्यको लागि आग्रह गरे । गैर आवसीय नेपाली संघको इतिहासमा युएन कमिसनबाट सम्मानित हुने गुरुङ पहिलो पदाधिकारी हुन ।
गुरुङले उक्त सम्मानले आफूलाइ थप सामाजिक कार्यमा उत्साह जागेको बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment