गाजापट्टीमा मृत्य हुने प्यालेस्टिनीको संख्या ३१ हजार ५५३ पुग्यो

०४ चैत, गाजा । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो।

गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन्। जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको सङ्ख्या ७३ हजार ५४६ पुगेको मन्त्रालयले जनाएको छ।

यसैबीच प्यालेस्टाइनी विदेश मामिला र प्रवासी मन्त्रालयले इजरायललाई गाजापट्टीमा आक्रमण रोक्न बाध्य पार्न संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा बाध्यकारी प्रस्तावमार्फत अन्तर्राष्ट्रिय मानवीय हस्तक्षेपको लागि आग्रह गरेको छ।

-सिन्ह्वा



मल्टिमिडिया ग्यालरी

digital khabarhealthPolitic
Comments (0)
Add Comment