त्रिकोणात्मक टी–२० आई सिरिज: हङकङ पराजित भएपछि अब उपाधि भिडन्त नेपाल र पीएनजीबीच

२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने भएको छ।

भोलि बुधबार बिहान ११ बजेर ४५ मिनेटमा फाइनल खेल हुनेछ। मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

त्यसपछि भएको हङकङ र पीएनजीबीचको खेलमा पीएनजीले हङकङमाथि सहज जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा १२० रन मात्र बनाउन सक्यो।

१२१ रनको लक्ष्य पाएको पीएनजीले १२ दशमलव ४ ओभरमै लक्ष्य भेट्टायो। यो जितसँगै पीएनजी भोलि हुने फाइनलमा प्रवेश गरेको हो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment