दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो

२८ फागुन, काठमाडाैं । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अंकको वृद्धि भएपनि बेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो ।
गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा छ लाख २५ हजार ५०० थियो । गत वर्षको फेब्रुअरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment