भारतीय क्रिकेटर युसुफ पठानलाई निर्वाचनमा उठाउँदै ममता बनर्जी

२७ फागुन, काठमाडौं । तृष्णमुल कांग्रेसले पूर्व क्रिकेटर युसुफ पठानलाई पश्चिम बंगालस्थित बहरमपुरको लोकसभा सिटमा उम्मेदवार बनाउने निर्णय गरेको छ। तृष्णमूल कांग्रेसले पश्चिम बंगालको लोकसभा उम्मेदवारको सूची सार्वजनिक गर्दै पठानको उम्मेदवारी पक्का गरेको हो।

भारतीय राष्ट्रिय टिमका साथै आईपीएलमा समेत सफल प्रदर्शन गरेका पठान पछिल्लो समय अवकाश लिएर सामाजिक काममा सक्रिय हुँदै आएका थिए। उक्त सिटमा भारतीय कंग्रेसले अधीर रञ्जन चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

उक्त क्षेत्र चौधरीको गढ पनि मानिन्छ। तर हालसम्म कंग्रेसले अधीर रञ्जनको उम्मेदवारी घोषणा गरेको छैन। जानकार स्रोतले उनी नै उक्त क्षेत्रमा उम्मेदवार हुने निश्चित भएको जनाएको छ।

तृणमुल कांग्रेसकी अध्यक्ष ममता बनर्जीले राज्यका सबै ४२ सिटमा आफ्ना उम्मेदवाहरुको सूची तयार गर्दै सार्वजनिक गरेकी छन्। बनर्जीले सबै सिटमा उम्मेदवार खडा गरेपछि उनी भारतीय जनता पार्टी(बीजेपी) लगायतका दलसँग कुनै तालमेल नगर्ने स्पष्ट देखिएको छ।

यसअघि क्रिकेटर गाैतम गम्भीर बीजेपीबाट उम्मेदवार हुँदै लाेकसभामा जितेका थिए ।

बंगलादेशमा पनि सफल क्रिकेटर शकिब अल हसन औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए। उनी विश्वकै सफल अलराउन्डर अनि बंगलादेशका पूर्व कप्तान समेत थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment