चीनमा उपभोक्ताको मूल्य छ महिनामा पहिलो पटक बढ्यो

२७ फागुन, बेइजिङ । अगष्टपछि पहिलो पटक फेब्रुवरीमा चीनको उपभोक्ता मूल्यवृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकांक गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगष्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकांक ०.८ प्रतिशतले घटेको थियो ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगष्टमा केही समयका लागि सन्तुलन आए पनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।

परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुवरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुवरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ । रासस/एएफपी ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment