हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल 

२६ फागुन, काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

खेल बिहान ११:१५ बजे सुरु भएको छ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो।

नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही भोलिदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल पनि भोलि हङकङसँग नै खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment