क्यानबेरीको जुस महिलाहरूको लागि यति धेरै फाइदाजनक 

२६ फागुन, काठमाडाैं । सानो रातो रङ्गको फल ‘क्यानबेरी’ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो विशेष गरी महिलाहरू को लागी धेरै लाभदायक छ । 

क्यानबेरीलाई पोषणको पावर हाउस पनि भनिन्छ किनभने यसमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त हुन्छ । 

यदि महिलाहरूले आफ्नो नियमित आहारमा क्यानबेरीको जुस समावेश गरेमा यूटीआई जस्ता रोगहरूबाट बच्न मद्दत गर्छ । साथै बुढ्यौलीको गतिलाई पनि कम गर्छ । 

महिनावारी समाप्ति पछि पनि स्वस्थ राख्न

महिनावारी समाप्त हुन लाग्दा महिलामा धेरै हर्मोनल परिवर्तनहरू हुन्छन्।् । यसका कारण मुड परिवर्तन, डिप्रेसन, राति पसिना आउने, प्रजनन अङ्गमा सुख्खापन र यूटीआईको जोखिम बढ्छ । महिनावारी समाप्ति पछिका यी लक्षणहरू क्यानबेरीको सेवनले कम गर्न सकिन्छ।

प्रतिरोधात्मक क्षमतामा वृद्धि

क्यानबेरीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीको सेवनले महिलाको मुटुलाई स्वस्थ राख्छ भन्ने केही अनुसन्धानले देखाएको छ । यसले महिलामा खराब कोलेस्ट्रोल बढ्नबाट रोक्छ र धमनीमा अवरोधको समस्यालाई हटाउँछ ।

बुढेसकालको लक्षणहरू कम गर्छ

क्यानबेरीमा यस्ता एन्टीअक्सिडेन्टहरू पाइन्छन् जसले शरीरलाई फ्रि–रेडिकलको क्षतिबाट बचाउँछ र छालाको कोलाजेन निर्माण बढाउन काम गर्छ । यसले छालामा लचिलोपन कायम राख्छ र यसरी अनुहारमा चाउरीपना सजिलै देखिँदैन।

पीएमएस लक्षणहरू कम गर्छ

यसमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ जसले मांसपेशी दुख्ने समस्या निको पार्न मद्दत गर्छ । यसले प्रिमेन्सुरल सिन्ड्रम (पीएमएस) का लक्षणहरू कम गर्न पनि धेरै मद्दत गर्न सक्छ । यसबाहेक यसले डिप्रेसन, चिन्ता, ढाड दुख्ने, ब्रेस्ट टेन्डरनेसजस्ता लक्षणहरूलाई पनि कम गर्छ ।

ओस्टियोपोरोसिस रोक्न

उमेर बढ्दै जाँदा हड्डी कमजोर हुन थाल्छ र क्याल्सियमको कमीले दुख्ने समस्या हुन थाल्छ । तर क्यानबेरीमा पाइने म्याग्नेसियमले यो समस्यालाई हटाउन धेरै मद्दत गर्छ र रजोनिवृत्तिको समयमा हड्डीलाई बलियो बनाउन मद्दत गर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment