त्रिकोणात्मक शृंखला: नेपालले टस जित्यो, नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङको निर्णय लिएका हुन्।

खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ। आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले अंक बाँडेका थिए। यो खेलपछि फाइनलको समीकरण तयार भएको थियो।

यो खेलबाट १ अंक पाएको नेदरल्यान्ड्स ५ अंकका साथ फाइनल पुगेको हो। नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले ४ अंकका साथ फाइनलमा स्थान बनाएको थियो। नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्यान्ड्स र नाममिबिया सम्मिलित छन्। ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ। नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्ड्स एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment