कुशल मल्लले बनाए अर्धशतक

१८ फागुन, काठमाडौं । नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान मल्लले अर्धशतक बनाएका हुन्।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन्। १९ वर्षीय कुशल मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।

उनले टी–२० अन्तर्राष्ट्रियमा एउटा शतक पनि बनाएका छन् । नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर एक सय ४८ रन बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment