नेदरल्यान्ड्स विरुद्धको खेलमा १०० रन नपुग्दै नेपालले गुमायो ५ विकेट

१३ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालले १०० रन नबनाउँदै ५ विकेट गुमाइसकेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८औँ ओभरमा आरिफ सेख, १०औँ ओभरमा अनिल साह, १२औँ ओभरमा कुशल मल्ल, २४औँ ओभरमा रोहित पौडेल र २७औँ ओभरमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो।

सेखले २७ बलमा १७, साह ११ बलमा ७, मल्ल ९ बलमा २, पौडेल ४० बलमा १६ र ऐरी ११ बलमा १ रन बनाएर आउट भएका हुन्।

ओपनर ७१ बलमा ४५ रन र भीम सार्की ८ बलमा शून्य रनका साथ खेलिरहेका छन्।

२९औँ ओभरको खेल चलिरहँदा नेपालले ९४ रन बनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment