टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

१२ फागुन, काठमाडौं । अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ ।

शनिबार सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि पूर्ण कार्यान्वयन हुन नसकेको बताएको हो । अझै पनि केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएको उल्लेख गरेको प्राधिकरणले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

टिकटकमा पहुँच पुगिरहेको र टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

साथै सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

हेर्नुहाेस सूचना



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment