भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने

०७ फागुन, काठमाडाैं । हेमा मालिनी बलिउडकी एक दिग्गज अभिनेत्री हुन् । उनले चलचित्रबाहेक राजनीतिमा पनि पछिल्लो समय भाग्य जमाएका छिन् । उनी मथुराबाट बीजेपी लोकसभा सदस्य हुन्। उनले हालै आफ्नी छोरी ईशा देओल पनि राजनीतिमा आउन सक्ने संकेत गरेका छिन् ।

आफू पनि यसमा चासो राखेको बताइन् । इशा अहिले डिभोर्सको खबरलाई लिएर चर्चामा छिन् । विवाहको १२ वर्षपछि उनले पति भरत तख्तानीसँग अलग हुने निर्णय गरेकी हुन् । उनीहरु दुवैको १२ वर्षअघि विवाह भएको थियो ।

भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका फ्यानहरुलाई निक्र ठुलो झट्का लागेको थियो । ठुली छोरीको घर बिग्रेपछि अभिनेता धर्मेन्द्र निकै दुःखी भएका थिए ।

यसैबिच अभिनेत्री हेमा मालिनीले भने छोरी इशाको भावी योजनाबारे कुराकानी गरेकी छिन् । आफ्नै दुवै छोरीहरू इशा र अहानालाई राजनीतिमा रुची भएको बलिउडकी ड्रिम गर्लले एक अन्तरवर्तामा भनेकी थिइन् ।

इशा राजनीतिमा प्रवेशका लागि निकै इन्टरेस्टेड भएको अनि यो सब उनलाई मन पर्ने हेमाको भनाई थियो । ‘आउँदा वर्षहरूमा उसलाई ठीक लाग्यो भने उनी आवश्यक राजनीतिमा सामेल हुनेछिन् ।’ हेमाले भनिन् ।

आज आफूले राजनीतिज्ञको रुपमा काम गर्न सकिरहनुको कारण आफ्नो परिवारको साथ र सहयोग भएको उनले बताएकी छिन् । धर्मेन्द्र नेतागिरीमा आफूलाई निकै सहयोग गरेको उनले बताइन् ।

‘मेरो परिवार हरहमेशा मेरो साथ मै रह्यो । परिवारको कारणले नै मैले यो सबै गर्न सकेकी हुँ ।’ हेमाको भनाई छ । हेमा लामो समयदेखि राजनीतिमा छिन् । उनको जेठी छोरी कहिले राजनीतिमा आउँछिन् यो चाँहि हेर्न बाँकी नै छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment