जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

०२ फागुन, मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौँ पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।

अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी÷एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्ट जारी गरेको छ । सातौँ पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेस गर्न प्रहरीलाई आदेश दिएको हो ।

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी(भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेदवार थिइन् । त्यसताका जयाले र्यालीका क्रममा केही आचारसंहिता उल्लङ्घन गरेको आरोप छ । उनी विरुद्ध दुई कानुनी मुद्दा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ ।

यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रूपमा लिइनन् । जस कारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्‍यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन् । फिल्म निर्माता कृष्णा राव र निलावानी छोरी जयाको वास्तविक नाम ललिता रानी राव हो । उनले १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन् । जुन समया उनले १० रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । उनले तेलुगू फिल्मपछि बलिउडमा पाइला चालिन् । एक समय उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन् ।

Nabil bank
जयाको व्यावसायिक करियर सफल भए पनि उनको व्यक्तिगत जीवन भने सङ्घर्षपूर्ण नै थियो । उनले श्रीकान्त नाहटासँग विवाह गरिन्, जसको पहिले नै दुई सन्तान थिए । जयासँग विवाह गरेपछि पनि श्रीकान्तले पूर्व पत्नीबाट तेस्रो सन्तान जन्माएका थिए । त्यसपछि जयाले श्रीकान्तसँग अलग्गिने निर्णय लिइन् । उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment