भएको पुल भत्काएर तीन करोडको ठेक्का

तीन वर्षसम्म पुल नबन्दा स्थानीयवासीलाई सास्ती

०२ माघ, कैलाली । तीन वर्ष अगाडिसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होम स्टे गाउँ भादास्थित घुरही नालामाथि पक्की पुल थियो । तर सो पुल सानो र होचो भएको भन्दै धनगढी महानगरपालिकाले अर्को पुल निर्माणका लागि टेन्डर आह्वान गर्यो ।

टेन्डर भयो । निर्माण कम्पनीले काम पनि थाल्यो । भएको पुल भत्काइयो । नयाँ पुलका लागि नालामा पिल्लरका लागि गहिरा गहिरा खाल्डा खनियो । तर खाल्डो खनेपछि भने निर्माण कम्पनी नै सम्पर्कविहीन बनेपछि स्थानीयलाई निकै सास्ती भएको हो ।

२०७८ कात्तिक १६ गते धनगढी उपमहानगपालिका र टेडी मित्र जेबीबिच भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपैयाँमा ठेक्का सम्झौता भयो । २०८० असोज मसान्तमा सो टेन्डरको समय पनि सकिएको छ । तर तीन वर्षसम्म पुल नबनेपछि भादा, तिलकपुर, घसिटालगायतका ठाउँका बसिन्दाका साथै धनगढीबाट कैलारी गाउँपालिका आउजाउ गर्न निकै कठिन भएका हो ।

थारू गाउँ भादा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, ‘भएको पुल पनि रहेन । नयाँ पुल पनि बनेन । ठेक्काको म्याद पनि सकियो तर ठेकेदार नै गायब भइदिए । पुल नहुँदा पाउने सास्तीको कुरै नगरौँ । धनगढी उपमहानगरपालिकामा पटक पटक गुनासो पोखियो तर कुनै सुनुवाइ नै हुँदैन ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment