एनएसएलको फाइनल आज: उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल भिडन्त आज (शनिबार) हुँदैछ। उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन्।

फाइनल खेल शनिबार अपराह्न ५:३० बजेदेखि, दशरथ रंगशालामा सुरु हुनेछ।

धनगढी एफसी दोस्रोपटक फाइनल खेलिरहेको हो। ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो। पहिलो संस्करणमा पनि फाइनल पुगेको धनगढी उपाधि हात पार्न भनेको चुकेको थियो।

पहिलो संस्करणमा उपाधि हात पार्नबाट चुकेको धनगढी यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। ललितपुर पनि आफ्नो पहिलो फाइनल यात्रामै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

धनगढी पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। ललितपुर पनि क्वालिफायरमा पोखरालाई नै पराजित गर्दै फाइनल पुगेको हो।

एनएसलको उपाधि विजेताले ट्रफीसहित ७० लाख रुपैयाँ नगद हात पार्नेछ। उपविजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

लिगको सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछन्। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही १–१ लाख रुपैयाँ पाउनेछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment