टोटनहामको पोस्टमा ब्राइटनको ४ गोल

१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले महत्त्वपूर्ण जित निकालेको छ। निकै बलियो मानिएको टोटनहामलाई ४–२ गोल अन्तरले हराउँलै ब्राइटनले महत्त्वपूर्ण जित निकाल्यो।

११ मिनेटबाट अग्रता बनाउन थालेको ब्राइटनले ७५ मिनेटसम्म ४ गोल गर्दै ४–० को अग्रता बनाएको थियो। अन्तिम समयमा टोटनहामले २ गोल गर्दै दूरी छोट्याएपछि ब्राइटनले ४–२ को जित निकाल्यो।

जाओ पेड्रोको पासमा ११औं मिनेटमा हिन्सेलवुडले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। १९औं मिनेटमा पेनाल्टीमार्फत् पेड्रोले गोल गरेपछि ब्राइटनले अग्रता दोब्बर बनायो।

दोस्रो हाफको ६३औं मिनेटमा मिल्नरको पासमा स्तुपिनानले गोल गर्दै ब्राइटनको अग्रता तेब्बर बनाए। ७५औं मिनेटमा फेरि पेड्रो नै पेनाल्टीमार्फत् गोल गरेपछि ब्राइटनले ४–० को अग्रता बनाएको थियो।

८१औं मिनेटमा सन हिङ मिनको पासमा भेलिजले र ८५औं मिनेटमा पोर्रोको पासमा डेभिसले गोल गरेपछि टोटनहामले दूरी छोट्उँदा ब्राइटनले ४–२ को जित निकाल्यो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment