प्रभासको सालारप्रतिको क्रेज जारी, कति पुग्यो कलेक्शन ?

१० पुस, हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालारप्रति दर्शकहरूको क्रेज कम भएको छैन । फिल्म रिलिज भएको चौथो दिनमा पनि फिल्म हलमा एक्सन सिनमा दर्शकहरूले ताली ठोक्न र सिठी बजाउन छाडेका छैनन् ।

दर्शकलाई बाँधिरहन फिल्मको कहानी सफल भएको छ । यो क्रेजको फाइदा फिल्मको बक्स अफिसमा धूमधामले देखिरहेको छ ।

सोमबारसम्म फिल्मको वर्ल्डवाइड कलेक्शन ४५० करोड भारु पुगिसकेको छ । तीन दिनमा सालारको वर्ल्डवाइड कलेक्शन ४०२ करोड भारु थियो । नयाँ वर्षको सार्वजनिक छुट्टीले पनि फिल्मको ग्रस कलेक्शनमा निकै टेवा पुग्ने देखिन्छ ।

सोमबार क्रिसमको बिदाका कारण पनि फिल्मको कमाईमा ब्रेक लाग्न पाएन । सोमबार भारतीय बक्स अफिसमा मात्रै फिल्मको कमाई ४२ करोड भारु भन्दा धेरै थियो । आइतबारको कमाई ६२ करोड भारु थियो ।

हिन्दी संस्करणको कमाई पनि दमदार

प्रभासको हिन्दी भर्जनले सोलिड स्क्रिन काउन्ट पाउने आशा खासै गरिएको थिएन । तर बिहिबार साँझदेखि स्थिति फेरिदैं गयो । हिन्दी बेल्टमा शाहरुख खानको डंकी चलिरहेको भएपनि प्रभासको सालारले राम्रै संख्यामा हल पायो । पहिलो दिनमा हिन्दी संस्करणले १५ करोडभन्दा अलि बढीको नेट कलेक्शन गरेको थियो ।

तर आइतबारको कमाई २१ करोड भारुमाथि उक्लियो । पहिलो विकेन्डमा हिन्दी भर्जनको कलेक्शन ५३ करोड २० लाख भारु थियो । सोमबार पनि सालारको हिन्दी भर्सनको कमाई १४ करोडदेखि १५ करोडको बीचमा थियो । वल्र्डवाइड बक्स अफिसमा फिल्म छिट्टै नै ५०० करोड छुने देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment