‘सिंघम अगेन’को सेटमा अजय देवगन घाइते

१० पुस, मुम्बई । अभिनेता अजय देवगन फिल्म सुटिङमा घाइते भएका छन् । फिल्म ‘सिंघम अगेन’ (सिंघम ३¬)को सेटमा दुर्घटना भएको कारण उनको आँखामा चोट लागेको हो । फिल्मका निर्देशक रोहित शेट्टी हुन् ।
फिल्मको मुम्बई छायाँकन सेडुल चलिरहेको थियो ।

फिल्म सेटमा दुर्घटना भएपछि निर्देशक शेट्टीले सुटिङ रोकेका छन् । चोटको बिषयमा अजयले डाक्टरसँग परामर्स लिइरहेका छन् । अव फिल्मको सुटिङ २०२४ मा हैदरबादमा हुनेछ । 

यो मिल्टीस्टार फिल्म हो । फिल्ममा अजयको अलवा टाइगर श्राप, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण र करिना कपुर जस्ता कलाकार समेत देखिनेछन् ।

‘सिंघम’ अजयदेवगन र रोहिट शेट्टीको चर्चित फिल्म हो । यसको दोस्रा पार्टको रुमिा ‘सिंघम रिटन्र्स’ बनेको थियो । दुबै सिक्वेले राम्रो ब्यवसाय गरेकोले अहिले तेस्रो पार्ट  ‘सिंघम अगेन’ अर्थात ‘सिंघम ३’ बनिरहेको हो । ‘सिंघम रिटर्नस् ’ले पनि बक्सिअफिसमा २१५ करोड ब्यवसाय गरेको थियो । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment