प्रभासलाई लिएर स्पिरिट बनाउँदै एनिमलका निर्देशक संदीप

०४ पुस, हैदरावाद । एनिमल विश्वभरमा सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । रिलिजदेखि नै फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ ।

फिल्मको भव्य सफलतापछि एनिमलका निर्देशक संदीप रेड्डी वांगा आफ्नो नयाँ प्रोजेक्ट स्पिरिटको तयारीमा जुटेका छन् । यो फिल्म एनिमलभन्दा पनि निकै भव्य हुने बताइएको छ । यो कुरा अरू कसैले नभएर एनिमलका प्रोडक्शन डिजाइनर सुरेश सेलवाराजनले भनेका हुन् ।

हालै एउटा अन्तरवार्ताको क्रममा सुरेशले संदीपसँगको आफ्नो नयाँ प्रोजेक्टबारे कुरा गरेका थिए । प्रभासको मुख्य भूमिका रहने स्पिरिट एनिमलभन्दा निकै ठूलो परियोजना हुने सुरेशको भनाई थियो । एनिमलमा सुरेश र संदीपले पहिलो पटक सँगै काम गरेका थिए । यो फिल्ममा सुरेशको कामको खुब तारिफ भइरहेको छ । अब दुबै जना फेरि स्पिरिटमा सँगै काम गर्दैछन् ।

संदीपले सामाजिक सञ्जालमा फिल्मको घोषणा गर्दै एउटा पोष्ट शेयर गरेका थिए । प्रभासको बाँकी फिल्म झैँ यो फिल्म दुई भाषामा नहुने, बरु तेलुगु प्यान इन्डियन फिल्म हुने बताइएको छ । फिल्म भ्वाएलेन्ट कप एक्शन थ्रिलर हुनेछ । फिल्मको सुटिङ आगामी वर्ष सेप्टेम्बरमा हुनेछ । फिल्मको प्रि–प्रडक्शनको काम भने सुरु भइसकेको छ ।

संदीपको तीन फिल्म छन् लाइनमा

स्पिरिट बाहेक संदीपले अरू दुई वटा फिल्म बनाउँदैछन् । एउटा फिल्म एनिमलकै सिक्वेल एनिमल पार्क हुनेछ भने अर्को फिल्म चाँहि अल्लु अर्जुनको फिल्म हुनेछ । यी सबै फिल्म टी–सीरीजको ब्यानरमा बन्नेछन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment