भरतपुर-२९ मा प्रहरी चौकीकै अगाडि माटो तस्करी,जनप्रतिनिधि मौन

२३ मंसीर,चितवन। चितवनको भरतपुर महानगरपालिका २९ मा अबैध रुपमा माटो तस्करी भइरहेको छ । नारायणगढ-मुग्लिन सडकखण्डको नजिकै खहरे खोला र दासढुङगा क्षेत्रबाट अबैध रुपमा माटा तस्कर भइरहेको हो । माटो कटान र उत्खखनका लागि अनुमति नलिइकन स्थानिय जनप्रतिनिधि र प्रहरीकै अगाडि माटो तस्करी भइरहेको एक स्थानियले बताए । उनले माटो तस्करीमा प्रहरी र जनप्रतिनिधि समेत मिलेको आरोप लगाए ।


‘जुगेडी प्रहरी चौकी नजिकै छ,जनप्रतिनिधिलाई भन्दा सुन्दैनन,उनेले भने,प्रहरी प्रशासनकै मिलेमतोमा माटो तस्करी भइरहेको अनुमान गर्न सकिन्छ ।’ माटो तस्करी गर्नेहरुले रातको समयमा सडकै भित्तो खारेर माटो झिकेका छन । त्यहाँबाट उठाइएको माटो जुगेडीमा ल्याएर डम्मिङ गर्ने गरिएको र नारायणगढ क्षेत्रमा सप्लाइ गरिरहेको उनले बताए । दैनिक प्रहरी चौकीकै अगाडिबाट गाडि गएपनि चेकजाँच नगरेको स्थानियको भनाई छ । सो ठाउँमा व्यक्तिको र अ‍ैलेनी जग्गाबाट माटो उत्खनन भइरहेको छ ।

भरतपुर २९ बाट गतबर्ष पनि ठूलो परिणाममा माटो उत्खनन् भएको थियो । अहिले सो वडाका विभिन्न क्षेत्रमा माटो उत्खनन भइरहेको छ । वडा नम्वर २९ का वडाध्यक्ष सूर्य बहादुर गुरुङले सडकको भित्तो काटेर अनुमति विना माटो लगिएको बताए । उनले भने,‘हामीले पटक–पटक माटो नलैजान भन्दापनि केटाहरुले मानेका छैनन,मैले भनेको छु । रातको समयमा उत्खनन गरेर लैजाने गरिएको छ ।

माटो तस्करीका बिषयमा जिल्ला प्रहरी कार्यालय चितवनले आफूहरुलाई थाहा नभएको बताएको छ । प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले त्यस क्षेत्रको प्रहरीलाई निर्देशन दिने र अनुगमन गरिने बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment