फिल्म खेलेर रश्मिकाले ७ वर्षमै ४३ करोडको कमाइन्

२४ कार्तिक, नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दना पछिल्ला केही दिनयता डिपफेक भिडियोका कारण मिडियामा छाइरहेकी छिन् । तर यहाँ कुराकानी गर्न लागिएको सो भिडियोबारे होइन । रश्मिकाको फिल्मी करियर धेरै पुरानो होइन । उनी फिल्म क्षेत्रमा आएको जम्मा ७ वर्ष भयो । यो ७ वर्षमा उनले २० वटा फिल्म खेलिसकेकी छिन् ।

४–५ वटा फिल्मपछि नै उनको चर्चा चुलिन थालेको थियो । अहिले इन्ष्टग्राममा रश्मिकाको ३ करोड ९४ लाख जना फलोअर छन् । कर्णाटकमा रश्मिकाको निक नेम नै नेशनल क्रस राखिएको छ । सन् २०२० मा गुगलले रश्मिकालाई नेशनल क्रस घोषित गरेको थियो । उनी एक्सप्रेशन क्वीनका रुपमा पनि चिनिन्छिन् । साइकोलोजीमा माष्टर्स गरेकी रश्मिकाले सन् २०१६ मा कन्नड फिल्म किकिर पार्टीबाट फिल्मी करियरको शुरुआत गरेकी थिइन् । ४ करोड रुपयाँमा बनेको यो फिल्मले ५० करोड रुपयाँको कलेक्सन गरेको थियो । कन्नड फिल्म उद्योगमा यो सो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

किरिक पार्टीमा अभिनेत्रीको भूमिकाका लागि प्रडक्शन हाउसले फोन गरेपछि कसैले जिस्किएर फोन गरेको होला भनेर रश्मिकाले नम्बर नै ब्लक गरिदिएकी थिइन् । त्यतिबेला उनलाई फिल्ममा खेल्ने इच्छा नै थिएन । तर पछि टिचरमार्फत प्रडक्शन हाउसले फेरि फिल्मको लागि अप्रोच गरेपछि उनी फिल्म खेल्न तयार भइन् । मेकरहरुलाई भेट्न जाँदा रश्मिकाले टिचरलाई पनि लिएर गएकी थिइन् । उनलाई अभिनय गर्नै आउँदैनथ्यो । तर क्यामराको अगाडि केही डाइलग पढेर देखाएपछि फिल्मको काष्टमा उनी छानिइन् ।

त्यति बेला रश्मिका मात्रै २० वर्षकी थिइन् । फिल्मी यात्रामा रश्मिका अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । गएको ७ वर्षको अवधिमा रश्मिकाले अंजनिपुत्र, चमक, चलो, गीता गोविन्दम, सरिलेरु नीकेवारु, सुल्तान, सीता रामम र वरिसुजस्ता हिट फिल्ममा काम गरिन् । सन् २०२२ मा आएको अल्लु अर्जुनको पुष्पाः द राइजले रश्मिका चर्चा झनै बढायो । यो फिल्ममा श्रीवल्लीको भूमिकामा उनलाई दर्शकले निकै मन पराए ।

२०२२ मा बलिउड डेब्यू

रश्मिकाले गूडबायबाट बलिउड डेब्यु गरेकी थिइन् । अभिताभ बच्चन, निना गुप्तालगायत कलाकारको अभिनय रहेको यो फिल्मले खासै जादु भने देखाउन सकेन । यसपछि रश्मिका शिद्धार्थ मल्होत्रासँग मिशन मजनूमा देखिइन् । रश्मिका छिट्टै रणवीर कपुरसँग एनिमलमा देखिँदैछिन् । यो फिल्म यही डिसेम्बर १ मा रिलिज हुँदै छ ।

४३ करोडकी धनी

रश्मिका दक्षिण भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्ये पर्छिन् । एउटा फिल्ममा खेलेको रश्मिका ३ देखि ४ करोड रुपैयाँ लिन्छिन् । अहिलेसम्म उनले ६ पटक उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी छिन् । रश्मिकाको नेटवर्थ ४३ करोड रुपैयाँ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment