एनआरएनएमा कुटाकुट: प्रहरीले थाल्यो अनुसन्धान

१५ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय बालुवाटारमा भएको कुटाकुटको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। केन्द्रीय कार्यालय पुगेका पत्रकार समेत रहेका ओम शर्मामाथि मंगलबार कुटपिट भएको थियो।

असन्तुष्ट पक्षका अध्यक्ष आरके शर्मालगायतसँगै शर्मा केन्द्रीय कार्यालय पुगेका थिए। शर्मा बेल्जियम बसेर पत्रकारिता समेत गर्दै आएका छन्। एनआरएनएमा समेत आबद्ध रहेका शर्माले आफूमाथि कुटपिट भएपछि प्रहरीमा जाहेरी समेत दिएका थिए। त्यतिबेला आरके शर्मा लगायतमाथि समेत दुर्व्यवहार भएको दाबी गरिएको छ।

पत्रकार शर्माले आफूलाई पूर्वमन्त्री समेत रहेका एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत सहितको समूहले एनआरएनको कार्यालयमा आक्रमण गरेको दाबी गर्दै प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका छन्।

यही घटनामा आरके शर्माले समेत भर्खरै अध्यक्षमा निर्वाचित भएका बद्री केसीविरुद्ध पनि उजुरी दिएका थिए। त्यसपछि बद्रीले समेत आज बुधबार आरके विरुद्ध उजुरी दिएका छन्। उजुरी हालहालको अवस्था आएपछि प्रहरीले घटनाबारे बुझ्ने काम सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेज हेर्ने काम भएको र घटनाबारे यथार्थ जानकारी लिएर दोषीमाथि कारबाही हुने बताएको छ।

एनआरएनएको आधिकारितामा समेत अहिले विवाद भइरहेको छ। अध्यक्षमा निर्वाचित बद्री केसीलाई आरके शर्माको समूले अवैध घोषणा गरेको छ। धाँधली गरेर बद्री विजयी भएको आरोप लगाउँदै एक पक्षले नतिजा अस्वीकार गरेपछि अहिले एनआरएनमा विवाद चुँलिदोछ।



मल्टिमिडिया ग्यालरी

nepalNewsPolitic
Comments (0)
Add Comment