पोखरामा तयार हुँदै ‘लेक भ्यू अपार्टमेन्ट’, आफू नबसे कम्पनीले नै भाडामा लगाइ दिने

०९ असोज, काठमाडाैं । जमिनको मूल्य महंगो हुँदा आवासीय भवन निर्माणको कल्चर पनि फेरिँदै गएको छ । धेरै जग्गामा साना साना घर निर्माणभन्दा थोरै जग्गामा ठूला भवन बनाउने क्रम बढ्दै गएको हो ।

महँगो जमिन र एउटै भवनमा भित्र धेरै परिवार बस्ने मिल्ने गरी रियल स्टेट डेभलपरहरूले आवासीय संरचनाहरू बनाउने क्रम बढेको छ । मूल्य र आकारको हिसाबले फैलावटभन्दा पनि आकाशतिरको स्पेस अहिले सहरका मुख्य ठाउँहरूमा महत्वपूर्ण हुन थालेको छ ।

रियल स्टेट व्यवसायीहरूले काठमाडौं, पोखरा लगायत देशका बाक्लो आवधि हुने क्षेत्रमा मानिसको यही आवश्यकतालाई मध्येनजर गर्दै आकर्षक र सुविधासम्पन्न अपार्टमेन्ट बनाइरहेका छन् ।

पछिल्ला दिनहरूमा अपार्टमेन्ट कल्चर कमन बन्दै गएको छ । र, मानिसको रोजाइमा पर्न थालेको छ । विशेषगरी भूकम्पको बेला अपार्टमेन्ट कल्चरले धेरैलाई झस्काए पनि त्यसपछिका दिनहरूमा व्यवासायीहरूले निर्माण तीव्र बनाएका छन् ।

नेपालमा सबैभन्दा धेरै हाउजिङ तथा रियल स्टेट निर्माण गरेको कमिटेड आन्टरप्रेनर (सीई) रियल स्टेट डेभलपरले काठमाडौंपछि पर्यटकीय नगरी पोखरामा हाउजिङ र अपार्टमेन्ट निर्माण गरिरहेको छ ।

पोखराको मुख्य क्षेत्र लेकसाइड वसुन्धारा पार्क अगाडि एचजी भेन्चरसँगको संयुक्त लगानीमा सीईले लेक भ्यू अपार्टमेन्ट निर्माण सम्पन्न गर्न लागेको हो ।

दुईवर्ष अघिदेखि नै बुकिङ ओपन गरेको कम्पनीले अहिले अपार्टमेन्टको निर्माणको काम ७५ प्रतिशत सम्पन्न भइसकेको लेकभ्यूका प्रोजेक्ट म्यानेजर राजु भारतीले जानकारी दिए ।

‘यो हाम्रो (सीई) रियलस्टेट प्राइभेट लिमिटेड कम्पनीको प्रोपर्टी हो । अहिले निर्माणाधीन लेक भ्यू अपार्टमेन्टको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भइसकेको छ,’ उनले भने ।

३ रोपनी १० आना जग्गामा फैलिएको लेक भ्यू अपार्टमेन्ट ५६ युनिटको रहेको कम्पनीले जनाएको छ । प्राकृति दृश्य र सुन्दर वातावरणको आनन्द लिन सकिने गन्तव्यमा बनेको अपार्टमेन्ट आकर्षक र सुविधा सम्पन्न रहेको डेभलपरको भनाइ छ ।

कम्पनीका अनुसार लेक भ्यू अपार्टमेन्ट ६५ करोड रुपैयाँ बढी लागतमा निर्माण हुँदै गरेको हो । अहिलेको बजार मूल्य अनुसार जमिन मूल्य ३५ करोड र निर्माण लागत पनि ३५ करोड बढी रहेको भारतीले बताए ।

एउटा युनिटको डेढदेखि साढे तीन करोडसम्म

लेक भ्यू अपार्टमेन्टमा एउटा युनिटको मूल्य डेढ करोडदेखि साढे तीन करोड रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीले दुई वर्ष अघिदेखि बिक्री गरिरहेको यो अपर्टमेन्टका अधिकांश युनिट बिक्री भइसकेका छन् ।

भारतीका अनुसार लेक भ्यू अपार्टमेन्टमा अब ११ युनिट मात्रै बुकिङ हुन बाँकी छन् । अपार्टमेन्टमा कुल ५६ युनिट मध्ये ४५ युनिट बिक्री भइसकेका छन् ।
‘दुई वर्षअघिदेखि नै बुकिङ खुलेको हो । अब अहिले करिब ११ युनिट मात्रै बाँकी छ । अरु बुकिङ भइसकेको छ,’ उनले भने । बाँकी रहेका यी ११ युनिटको मूल्य क्षेत्रफल अनुसार १ करोड ४२ लाख रुपैयाँदेखि ३ करोड ५८ लाख रुपैयाँसम्म रहेको छ ।

सबै अपार्टमेन्ट कम्पनीलेनै फुल फर्निस गरेर हस्तान्तरण गर्ने छ । अपार्टमेन्टको मूल्य प्रतिस्क्वायर फिट २३ हजार रुपैयाँ रहेको उनले बताए । यद्यपि, युनिटलाई विभिन्न तहमा विभाजन गरेर मूल्य निर्धारण गरिएको छ ।

स्टुडियो, वान बीचके, टु बीएचके अपार्ट लगायत गरेर अपार्टमेन्टलाई चार भागमा विभाजन गरिएको र सोही अनुसार मूल्य निर्धारण गरिएको उनले बताए ।

‘स्टुडियो अपार्टमेन्ट, वान बीएचके अपार्टमेन्ट, टु बीएचके अपार्टमेन्ट गरेर चारवटा भेराइटीको छ,’ उनले भने, ‘वान बीएचके करिब ६ सय वर्गफिटेखि लिएर टु बीएचके १५ सय वर्गफिट सम्मको छ ।’

के-के छन् अपार्टमेन्टमा सुविधा ?

लेक भ्यू अपार्टमेन्ट सुविधा सम्पन्न र आकर्षक रूपमा निर्माण सम्पन्न गरिने कम्पनीको योजना छ । यो अबको केही समयमै निर्माण सम्पन्न हुने कम्पनीको भनाइ छ ।

अपमार्टमेन्टमा क्लाइन्टले सबै आधारभूत सुविधासहित अन्य धेरै सुविधाहरू पाउने छन् । अपार्टमेन्टमा स्वीमिङ पुल, जीम हल, कम्युनिटी हल पार्किङ सुविधा रहेको उनले बताए ।

लिफ्टसहितको दुई तल्ले मेकानिकल पार्किङ, २४ घण्टा विद्युत व्याकअप, पानी, सुरक्षाको व्यवस्था लगायतका सुविधा अपार्टमेन्टमा छन् । पार्किङ सुविधासहित बेसमेन्टमा प्रत्येक अपार्टमेन्टलाई आफ्नै स्टोररुम समेत उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

अपार्टमेन्टको माथिल्ला तल्लाहरू ग्राहकको रोजाइमा परेको र अहिले पनि डिमान्ड आइरहेको उनले बताए । ‘अहिले पनि डिमान्ड आउनेक्रम जारी छ । विशेषगरी माथिल्लो तल्लाहरू क्लायन्टको रोजाइमा परेको छ,’ उनले भने ।

आफू नबसे कम्पनीले नै भाडामा लगाइ दिने

यो अपार्टमेन्टको मुख्य विशेषता भनेको अपार्टमेन्ट किन्ने मान्छे आफैं त्यहाँ नबसे कम्पनीले नै भाडामा लगाइ दिने छ । पोखरा बाहिरका वा पोखरामै घर हुनेहरूले पनि यहाँ अपार्टमेन्ट खरिद गरेर आफूलाई चाहिएको अवस्थामा आफै प्रयोग गर्न र नचाहिएको बेलामा भाडामा लगाउन सक्ने सुविधा छ । यसरी भाडमा लगाउनु आफूले ग्राहक खोज्न नपर्ने र कम्पनीले नै भाडामा लगाइदिने छ ।

लेक भ्यू अपार्टमेन्टमा युनिट किन्नेले आफू नबस्ने भए त्यत्तिकै ताल्चा मारेर राख्नु नपर्ने सीई कन्स्ट्क्सनका कर्पोरेट बिजनेश हेड सुजन घिमिरे बताउँछन् । आफू नबस्ने भए अपार्टमेन्ट भाडामा लगाएर आम्दानी समेत गर्न सक्ने उनले बताए ।

‘अपार्टमेन्ट किन्ने ग्राहक आफू नबसे त्यत्तिकै ताल्चा लगाएर राख्नु पर्दैन । युनिटभनीले भाडामा लगाइ दिनु भनेमा, हामी (कम्पनी)ले नै भाडामा लगाइदिन्छ,’ उनले भने ।

अपार्टमेन्ट खरिद मूल्यमै आवश्यक फर्निचरहरू तथा भान्साका आवश्यक सम्पूर्ण सामग्री सेटअप गरिएको हुन्छ । यो अपार्टमेन्ट लामो समय पोखरामा बस्न चाहने र आफैं पकाएर खान चाहने भिजिटरहरूका लागि एकदमै उपयुक्त हुने उनले बताए । अपार्टमेन्टमा कुनै पनि लग्जरियस होटलको जत्तिकै सुविधा रहको उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment