रहर होला तिम्रो पनि महिनौ सम्म दर खाने, महङ्गो सारी लर्काएर पार्टी प्यालेस नाच्न जाने

शम्भु पाैडेल

२२ भदाै, काठमाडौं ।

रहर होला तिम्रो पनि महिनौ सम्म दर खाने
महङ्गो सारी लर्काएर पार्टी प्यालेस नाच्न जाने ।
बियर र वाइन पिइ बिन्दास सँग झुम्नललाई
हिन्दी गाना बजाएर गहना देखाइ घुम्नलाई ।

तर माफ गर प्रीय दाल भात खान गार्हो भा छ
छोरा छोरी पढाउँदा लाखौ रुपैया ऋण ला छ ।
पोहोर साल बिरामी हुँदा लिएको त्यो सापटिले
ब्याज तिर्न नसकेर सँधै मेरो टाउको खा छ ।

आर्थिक मन्दी जताततै जाय जेथा बन्धकीमा
आय आर्जन बन्द भा छ तनाव छ जिन्दगीमा ।
देखासेखी छोडी अब यथार्थमा जिउँन पर्छ
भड्किलो अनावश्यक कु प्रथालाइ छोड्नु पर्छ ।

तिजको अघिल्लो रात चोखो दर खाउली प्रीय
भाई लिन आउँछ् होला माइतीघर जाउली प्रीय ।
साथी सङगी भेट गरि बसौली नी चौतारीमा
कम्मर भाची नाँचौली नी जन्मिएको आगनीमा ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment