नेपालमा ‘जवान’को ओपनिङ एक करोड नेट, ‘नन् २’ को अकुपेन्सी पनि आक्रामक

२२ भदाै, काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ले बिहीबार नेपाली बक्स अफिसमा एक करोड नेट (एक करोड ५७ लाख रुपैयाँ ग्रस) ओपनिङ गरेको छ । बिदा नभएको दिनमा पनि पहिलो दिनको व्यापारको यो अंक सुखद हो ।

स्रोतका अनुसार जवानले उक्त कमाइ गरेको हो । फिल्मले शुक्रबार र शनिबार पहिलो दिनको भन्दा कमाइमा वृद्धि गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको फिल्मले पहिलो साता नेपाली बक्स अफिसलाई अकुपाइड गर्न सक्ने अनुमान छ । शाहरुखसहित विजय सेतुपाती, नयनतारा, दीपिका पादुकोण स्टारर फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गरेको हो ।

शुक्रबारदेखि नेपालमा हलिउड फिल्म ‘द नन् २’ रिलिज भएको छ । बक्स अफिस डेटाअनुसार यो हलिउड फिल्मले पनि नेपालमा आक्रामक ओपनिङ गर्न प्रक्षेपण गरिएको छ । शुक्रबार बिहान र दिउँसोका यो फिल्मको शो लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment