इन्स्टाग्राममा आउँदै नयाँ अपडेट, १० मिनेटसम्मको रील्स बनाउन सकिने !

१७ भदाै, काठमाडाैं । मेटा कम्पनीको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटर्फम इन्स्टाग्रामले एक नयाँ फिचर ल्याउने भएको छ । सो नयाँ फिचर आएसँगै इन्स्टाग्राममा १० मिनेटसम्मको रील बनाएर पोस्ट गर्न सकिनेछ ।

हाल इन्स्टाग्राम रील अधिकतम १ मिनेटसम्मको मात्र बनाउन सकिन्छ ।

रील्सको समय बढाएर १० मिनेटसम्म बनाएमा त्यसले टिकटक तथा युट्युबलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ । टिकटकले यस्तो फिचर गतवर्षको फेब्रुअरीमै ल्याएको थियो । रील्सको नयाँ अपडेट शैक्षिक, श्रृंगार तथा खानेकुराहरु सम्बन्धी रील्स भिडियो बनाउनेलाई निकै उपयोगी हुने मेटाको भनाइ छ ।

प्रविधि सम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार हाल मेटाले १० मिनेटको रील्सको परीक्षण बिटा भर्सनमा गरिरहेको छ । चर्चित रिभर्स इन्जिनियर अलेसान्द्रो पालुज्जीले मेटाले गरिरहेको उक्त परीक्षण सम्बन्धीको स्क्रिनशट सार्वजनिक गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment