महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

३१ साउन, काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।

आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ ।

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।

आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै स्पेन उपाधि नजिक पुगेको छ ।

स्पेन पहिलो पटक फाइनलमा पुगेको हो ।

गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment