गायक कुमार न्यौपानेको “ए भन केटा हो” बोलको गित सार्वजनिक

२४ साउन, काठमाडौं । दिपक पौडेलको शब्द र कुमार न्यौपानेको संगीत संगै गायन रहेको “ए भन केटा हो” बोलको गित सार्वजनिक भएको छ ।

संजय हमालको संगीत निर्माण र मिश्रण रहेको यस गितलाई अनुप पौडेलले सम्पादन गरेका हुन् ।

१९६० दशकको गिति काव्य जस्तै अहिलेको सामाजिक परीवेश र अहिलेको पुस्ताको भोगाईलाई र्याप हिपपप शैलिमा गितको निर्माण गरिएको हो ।

सार्वजनिक गितको अडियो कुमार न्यौपानेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गितको भिडियो छिट्टै निर्माण गर्ने गायक कुमार न्यौपानेले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment