नाइजेरियामा सेनाको कु : संविधान विघटनको दाबी

साउन, एजेन्सी । नाइजेरियाको सेनाले सत्ता हातमा लिएको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले सत्ता हातमा लिएको घोषणा गरेको हो।

सत्ता हातमा लिएको घोषणा गरेसँगै सेनाले पश्चिमा अफ्रिकन देशसँगको सीमासमेत बन्द गरेको छ। उसले देशमा लागू सबै संविधान र नियमहरू विघटन गरेको दाबीसमेत घोषणामा उल्लेख गरेको छ। सेनाले हिजो राष्ट्रपति मोहम्मद बाजौमलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेट्सले राष्ट्रपति बाजौमसँग कुरा गर्दै राष्ट्रसङ्घको पूर्ण सहयोग रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment