करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको घोषणा

२३ जेठ, काठमाडौं । बजेट निर्माण प्रकरणमा असम्बधित व्यक्तिको संग्लनतामा करका दर हेरफेर भएको विषय सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ माग गरेको छ। उक्त विषयमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ नदिएसम्म प्रतिनिधि सभा चल्न नदिने एमाले नेताहरुको भनाइ छ।

मंगलबार बिहान ११ बजेबाट बस्ने भनिएको प्रतिनिधि सभाको बैठक २ बजेसम्म बस्न सकेको छैन। यसबिचमा सभामुखले १:३० मा बैठक बस्ने भन्दै अर्को सूचना जारी गरेका थिए।

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति पसेर करको दर हेरफेर गरेको भन्दै एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले मन्त्रीको जवाफ आउनु पर्ने बताएका छन्। उक्त प्रकरण सार्वजनिक भएपछि सोमबार साँझ अर्थमन्त्रालयले एक विज्ञप्तिमार्फत् खण्डन गरेको थियो।

‘बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भएको भन्ने विषय वस्तु आएपछि हिजो अर्थमन्त्रालयले जे विज्ञप्ति निकाल्यो त्यसले एउटा संशय सिर्जना गर्‍यो। त्यसकारण यो विज्ञप्तिको विषय के हो? बाहिर आएको कुरा के हो? भनेर आज हामीले सरकारलाई भन्न खोजेका छौं,’ सांसद बर्तौलाले भने, ‘यसमा सरकारले यो विषयमा जवाफदेही भएर देशलाई जनतालाई बताउन तयार हुँदा हामी सहजताका साथ बैठकको अन्य विषयमा प्रवेश गर्न तयार छौं। जब मन्त्रीले यो विषयमा जावफ दिनु हुन्न तबसम्म बैठक अघाडि जाने स्थिति छैन।’

सांसद बर्तौलाले सरकार उक्त विषयमा प्रवशे गर्न नचाहेकोले सदन चल्न नसकेको बताएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment