कुमारी बैंकको १४ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२२ जेठ, काठमाडाैं । कुमारी बैंक लिमिटेडले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीलगायत अन्य ईच्छुक व्यक्ति, फर्म\कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्ने गरी सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य प्रति सेयर ११० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले जेठ २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।

बोलपत्र आवेदन फाराम एक सय भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौबाट प्राप्त गर्न सकिने छ । एकै व्यक्ति वा कम्पनीले एक भन्दा बढी मूल्यमा सेयर खरिदका लागि आवेदन दिन चाहेमा छुट्टाछुट्टै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्न पर्नेछ । धेरै केरमेट भई कबोल गरेको सेयर संख्या, प्रति कित्ता सेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता नदिइने बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने सो भन्दा बढीको लागि सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन पाइने बैंकले जनाएको छ ।

यसैगरी बैंकले विद्यमान संस्थापक सेयरधनीलाई १ लाख ८७ हजार १८४ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले आज जेठ २२ गतेदेखि ३५ दिन भित्र संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आह्वान गरेको हो । इच्छुक संस्थापकले सेयर क्यापिटल कुमारी क्यापिटल नक्साल काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment