भरतपुरका विद्यालयमा आउँदो हप्ता सार्वजनिक बिदा

१९ जेठ, भरतपुर । गर्मीका कारण चितवनको भरतपुर महानगरका विद्यालय आउँदो हप्ता बन्द रहने भएका छन् ।

महानगरपालिकाले एउटा सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

साउन अन्तिम हप्ता दिइने वर्षे बिदा कटौती गरेर आउँदो हप्ता विद्यालयमा विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले जानकारी दिए ।

साथै महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई घाममा हिँडडुल गर्न नदिन, नदी तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन पनि अभिभावकहरुलाई सचेत गराएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment