पाकिस्तानको सहभागिता बिनै एसिया कप क्रिकेट खेलाउने तयारी

१९ जेठ, काठमाडौं । भारतीय सञ्चारमाध्यमका अनुसार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले पाकिस्तानलाई बाहिरै राखेर एसिया कप क्रिकेट २०२३ खेलाउने तयारी गरेको छ।

पाकिस्तानी टिमले आगामी एकदिवसीय विश्वकप भारतमा खेल्ने सम्भावना न्युन देखिएको तर्क गर्दै पाकिस्तानलाई सहभागी नगराइ प्रतियोगिता गराउन खोजिएको हो। एसिया कपको आयोजक देश पाकिस्तान हो, तर भारतले पाकिस्तान गएर नखेल्ने विभिन्न माध्यमबाट बताउँदै आएको छ।

पाकिस्तान क्रिकेट बोर्डले हाइब्रिड मोडलमा खेल खेलाउन सकिने प्रस्ताव पनि अघि सारेको थियो। उक्त मोडेलमा भारतले खेल्ने खेल दुबईमा गरिने छलफल चलेको थियो, तर गर्मी अत्याधिक भएका कारण उक्त प्रस्तावमा भारतलगायत देशले रुचि देखाएका छैनन्।

एसियन क्रिकेट काउन्सिलको आगामी बोर्ड बैठकले श्रीलंकामा खेलाउने कुरालाई जोड दिने बताइएको छ। एसियन कपमा सहभागी हुने अन्य देशहरु श्रीलंका खेल्न राजी भएको कुरा आगामी बैठकमा राखिनेछ। जुन पाकिस्तानले पहिल्यै सन्देश प्राप्त गरिसकेको बताइएको छ। पाकिस्तानले यस्तो प्रस्ताव गरिएमा असहमति जनाउने बुझिएको छ। असहमति जनाएको अवस्थामा बाहिरै राखेर खेल खेलाइनेछ।

नेपाल पनि एसिया कप २०२३ का लागि छनोट भएको छ। पाकिस्तान बाहिरिएको अवस्थामा ४ देश भारत, श्रील‌ंका, बंगलादेश र अफगानस्थानलाई सहभागी गराइने सम्भावना पनि रहेको बताइएको छ। पाचौं टिम अर्थात् नेपालको सहभागितालाई लिएर समेत अन्योल सिर्जना भएको उल्लेख गरिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment