गोकर्णेश्वर वडा नं ९ को वडा कार्यलय अब आफ्नै भवनमा

१५,जेठ काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं ९ को प्रशासनिक भवन उद्घाटन भएको छ। एक करोड चौबीस लाखको लागतमा निर्माण सम्पन्न सो भवन शिलान्यास भएको दुई बर्ष निर्माण सम्पन्न भइ आज औपचारिक रूपमा उद्घाटन भएको छ।

काठमाडौं क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यता वडा नं ९ को वडा अध्यक्ष राजीव थापाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा,गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसाल,उपमेयर सान्नानी लामा, वडा नं ४ का वडा अध्यक्ष जयराम महत,वडा नं ८ का नन्दलाल श्रेष्ठ,वडा नं ६ का नवराज लामा,वडा नं ७ का केशव गुरुङ,सदस्य गंगा खतिवडा,लगाएतको उपस्थितिमा रिबन काटेर भवनको औपचारिक उद्घाटन भएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापाले भोलि देखि नै वडाको सम्पुर्ण सेवा नयाँ भवनबाट सुचारु हुने जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment